काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन)ले भोलि साउन २९ गते काठमाण्डौमा ‘लिडर्स फर नेक्स्ट जेनेरेसनः एक्सपेक्ट दि अनएक्सपेक्टेड’ सम्मेलनको आयोजना गर्दैछ।
सम्मेलनको मुख्य उदेश्य विश्यव्यापी परिवर्तित आर्थिक, राजनीतिक, वातावरणीय र सामाजीक प्रवृत्तिले भविष्यको वित्तीय क्षेत्रलाई पार्ने प्रभावका साथै आगामी पुस्ताका ग्राहकहरुका आवश्यकता, अपेक्षाहरुमा ध्यान केन्द्रित गर्दै सम्बन्धित जोखिम तथा अवसरहरुसहित वित्तीय क्षेत्रको डिजिटलाइजेसनमा व्यापक अन्तरदृष्टि प्राप्त गर्नु रहेको छ। सम्मेलनमा स्वदेश तथा विदेशका गरी २१ जना विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुति एवं सारगर्वित मन्तव्यहरु राख्नेछन्।
सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब १५० सहभागीले आप्mनो सहभागिता सुनिश्चित गरिसकेका छन्।
कार्यक्रमको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट गरी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
बिफिनले हरेक वर्ष आफ्नो वार्षिकोत्सका अवसरमा प्रकाशन गर्ने जनरल अफ बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स प्रकाशन गर्ने कार्यक्रमसमेत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19