काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु खरिदका लागि आवेदन दिने आज भदौ २ गते अन्तिम दिन रहेको छ।
गत साउन १९ गतेबाट यस योजनाका इकाइहरु बिक्री गरिएको छ। आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने योजना व्यवस्था लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।
यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाइ बिक्री खुला गरिने भएको हो।
यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो खुलामुखी योजना हो। यसको योजना व्यवस्थाकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago