काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘शुभ लक्ष्मी कोष’का इकाइहरु आज मंसिर ७ गतेबाट खरिद–बिक्री गर्न सकिने भएको छ।
कोष प्रवर्द्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका ‘शुभ लक्ष्मी कोष’का इकाइहरु खरिद–बिक्री खुला गरिएको हो। यो योजनाका इकाइहरु काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटलको कार्यालयमार्फत खरिद–बिक्री गर्न सकिनेछ।
इकाइहरु खरिद–बिक्रीका लागि साताको आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म काउन्टर खुला हुने क्यापिटलले जनाएको छ।
शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन भने इकाइहरुको कारोबार नहुने क्यापिटलले प्रस्ट पारेको छ।
शुभ लक्ष्मी कोष खुलामुखी योजना हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19