काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थपनमा रहेको ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ मा आवेदन दिन आज बिहीबार अन्तिम मौका रहेको छ ।
गत असोज ८ गतेदेखि सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १० रुपैयाँअंकित दरका १० करोड इकाइ बिक्री खुलाइएको थियो ।
रु १ अर्ब आकारको बन्दमुखी यो योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सकिनेछ । यो योजनाको न्यूनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड र अधिकतम सकारिने इकाइ संख्या १२ करोड ५० लाख रहेको छ ।
इकाइ खरिद गर्न चाहनेले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाहरुबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
दोस्रो बजार घटेर अधिकांश म्युचुअल फन्डहरुको नेट एसेट भ्युल (न्याप) १० रुपैयाँभन्दा तल आएको समयमा निष्कासन हुन लागेको सनराइजको यो म्युचुअल फन्डले सञ्चालनको अधिकांश वर्ष आकर्षक लाभांश वितरणको प्रक्षेपणसमेत सार्वजनिक गरेका छन् ।
यो म्युचुअल फन्डले लगानीकर्तालाई पहिलो वर्षमै १० प्रतिशत लाभांश वितरण गर्ने बताइएको छ । क्यापिटलको प्रक्षेपणअनुसार दोस्रो वर्ष र तेस्रो वर्ष १२/१२ प्रतिशत, चौथो र पाँचौँ वर्ष १४/१४ प्रतिशत, छैटौँ र सातौँ वर्ष १६/१६ प्रतिशत तथा अठौँ र नवौँ वर्ष १/र१८ प्रतिशत लाभांश वितरण गर्नेछ ।
यसरी यो स्किमको प्रक्षेपित औसत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औसत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।
पहिलो वर्ष यो स्किमको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ हुने र दसौँ वर्षसम्ममा यो बढेर २१.२९ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19