काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु आज वैशाख ६ गतेबाट बिक्री खुला गरिएको छ।
कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म खरिद आवेदन दिन पाइन्छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो योजनाका इकाइ निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २० गते बैंकिङ समयपछि हुनेछ।
दसवर्षे अवधिको यो बन्दमुखी योजना हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19