काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’मा ओदन दिन म्याद लम्बिएको छ।
यो योजनाका इकाइहरु गत वैशाख ६ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख १० गते (आज) हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको अब यसमा वैशाख २० गतेसम्म आवेदन दिन पाइन्छ। यो अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने योजना व्यवस्था सिटिजन्स क्यापिटलले जनाएको छ।
कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म खरिद आवेदन दिन पाइन्छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
दसवर्षे अवधिको यो बन्दमुखी योजना हो।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago