काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ सूचीकृत भएको छ। 

नेप्से र सिटिजन्स क्यापिटलबीच यो म्युचुअल फन्ड सूचीकृत गर्ने सम्झौता भएको छ। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाइ नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले यो म्युचुअल फन्डलाई ‘सी३०एमएफ’ कारोबार संकेत प्रदान गरेको छ। भोलि बुधबारबाट यसका इकाइहरु खरिद बिक्री गर्न सकिनेछ।