काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–२को आर्थिक वर्ष २०७९–८०का लागि घोषित लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो म्युचुअल फन्डको लाभांश वितरणका लागि यही भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १८ गतेसम्म कायम इकाइधनीहरुले यो म्युचुअल फन्डको लाभांश पाउनेछन्। 

क्यापिटलले यो म्युचुअल फन्डका लागि करसहित ८ प्रतिशतले हुन आउने ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ।