काठमाण्डौ । सिद्धार्थ क्यापिटलको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३’का इकाइहरु सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो म्युचुअल फन्डका इकाइहरु सूचीकृत भएको छ। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थता भोलिबाट कारोबारमा आउने गरेका छन्। यो योजनाका इकाइहरु पनि सोमबारबाट कारोबारमा आउनेछ। 

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ५ लाख ८० हजार इकाइ सूचीकृत भएका छन्। 

नेप्सेले यो योजनालाई ‘एसआईजीएस३’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेका छन्।