– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि आज ‘सुझाव समिति’ गठन गर्ने घोषणा गरेका छन्।
आज नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३० सौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बजार पछिल्लो अवस्थालाई ध्यानमा राखेर सुधारका कार्य अगाडि बढाउन सुझाव समिति गठन गर्ने घोषणा गरेका हुन्। समितिमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डका प्रतिनिधि गरी चार सदस्य रहने भनिएको छ।
पुँजीबजार सुधारका लागि अर्थमन्त्री शर्माले सुधार समिति गठन गर्ने निर्णयलाई सकारात्मक लिइए पनि समितिमा लामो समयदेखि बजार सुधारका माग उठाउँदै आएका लगानीकर्ताहरुका प्रतिनिधि नराखिनुले आलोचना हुन थालेको छ। पटकपटक लगानीकर्ताले नियामक निकायहरुबाट पुँजीबजारसम्बन्धी नीतिगत व्यवस्था ल्याउँदा लगानीकर्ताहरुका प्रतिनिधिसँग पनि छलफल वा रायसुझाव लिन तथा बजारसम्बन्धी अध्ययन–असुन्धान गर्न गठित हुने समितिलाई लगानीकर्ताका प्रतिनिधिहरु राख्न आग्रह गर्दै आएका थिए।
अर्थमन्त्री शर्माले गठन गर्ने भनिएको सुझाव समितिमा पनि लगानीकर्ताका प्रतिनिधि नअटाएपछि अगुवा लगानीकर्ताहरुबाट यो निर्णयको आलोचना हुन थालेको छ।
सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिका पौडेलले पनि आफ्नो फेसबुक स्ट्याटसमा अर्थमन्त्रीले गठन गर्ने भनेको सुझाव समितिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ‘सिकिस्त अवस्थामा पुगेको बिरामीलाई नै उपस्थित नगराई उपचार गरेर बिरामीको निको होला र महोदय ?’, उनले लेखेका छन्।
नेपाल इन्भेस्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियारले समिति गठनमा पूर्ण रुपमा असन्तुष्टि व्यक्त गरे। ‘यो सुधारका नाममा उधारो काम भयो’, उनले भने, ‘पुँजीबजारको समस्या समाधानका गठित समितिमा लगानीकर्ताका प्रतिनिधि नै नहुनु अँधुरो काम भयो।’
उक्त समितिमा लगानीकर्ता स्थान नदिएलाई सरकारको हेपाहा प्रवृत्ति रहेको रौनियारको ठहर छ। ‘यो भनेको ‘सरकारी काम कहिले जाला घाम’ भनेजस्तै भयो’, उनले भने, ‘पुँजीबजारमा हाम्रो चासो र गुनासो समावेश हुनुपर्छ। आज केही लगानीकर्तालाई लगेर थुनिएको छ। माग केही सम्बोधन भएको छैन। यसले लगानीकर्ता टुहुरा भएको महसुस हुन्छ।’
बजार जानकार मुक्ति अर्यालले पनि समिति गठन झारो टार्ने काममात्रै भएको प्रतिक्रिया दिए। ‘समितिमा लगानीकर्ताको प्रतिनिधित्व हुनुपथ्र्यो तर स्थान दिइएन’, उनले प्रश्न गरे, ‘लगानीकर्ता नै नभई लगानीकर्ताको समस्याको कसरी पहिचान र समाधान होला ?’
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि समिति गठनमा असन्तुष्टि पोखिन्। ‘समितिमा लगानीकर्ताको प्रतिनिधित्व भएको भए राम्रो हुन्थ्यो तर राखिएन’, उनले भनिन्, ‘तर, पनि मुख्य विषय भनेको पुँजीबजारमा देखिएका समस्याको समाधान हुनुपर्यो। त्यसका लागि समितिमा बसेका नियामक निकायका प्रतिनिधिहरुले लगानीकर्ताका संघसंगठन रायसुझाव लिएर अगाडि बढ्नुपर्छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago