sharebaat crorepati
काठमाण्डौ । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हालसम्म दशहजार प्रति विक्री भइसकेको छ ।
तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको लेखक भट्टराईले बताएका छन् । पुस्तकमा रहेका छिटपुुट भाषागत त्रुटि हटाइएको छ । जसले पाठकलाई पढ्न अझ बढी उत्प्रेरित गर्ने विश्वास प्रकाशकको छ । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केही बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ, जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।
देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ । अहिले पनि पुस्तकको मागमा कमी आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाट पुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादी छौ।’
पुस्तकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ उनले भने-'पाठक भन्छन-जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।'
निरन्तर उकालो लागेको सेयर बजार अहिले केही घट्दो ट्रेन्डमा छ । यद्यपि बजारको जुनसुकै अवस्थामा पनि लगानीकर्ताले जोखिम कम गर्न आफ्नो रणनीति तयार गर्न सक्ने तरिकाहरु किताबमा समेटिएकाले पनि किताव सदावहार बन्नसक्ने भट्टराईको दाबी छ । उनले भने ‘मेरा अघिल्ला पुस्तकहरु भन्दा अझ बढी सरल, सहज र सर्वसाधारणले पनि बुझ्न सक्ने भाषा र शैलीमा लेखिएकोले यो पुस्तक बढी रुचाइएको हो ।’
पुस्तक विमोचन कार्यक्रममा मदन पुरस्कार प्राप्त कृतिका लेखक अमर न्यौपानेले विम्बहरुको प्रयोग र लेखन शैलीका कारण पुस्तकलाई सेयर साहित्य भनिदिए पनि हुन्छ भनेका थिए । पैसालाई बुझ्न यो पुस्तक एकपटक पढ्नैपर्ने उनको सुुझाव थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19