काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औँल्याएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए भनेमात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन्। आमसर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ। अहिले चिन्ताको विषय चाहिँ त्यही हो। कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ।’
मन्त्री महतले बढाइचढाइ गरेर आमलगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति बढेको पनि बताए। ‘त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ’, उनले भने, ‘यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ।’
स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री महतले औँल्याए। ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ’, उनले भने, ‘यसको फाइदा आमलगानीकर्ताले प्राप्त गर्नेछन्।’
च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ। यसको सबैले उपयोग गर्नु हुनेछ।’
लगानी साक्षरता कमजोर रहेकोतर्फ औँल्याउँदै महतले लगानीका नयाँ तौरतरिका विकसित भइरहेका जानकारी दिए। ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौती पनि आउँछन्। यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ’, उनले भने, ‘यसो भएमात्र लगानीकर्ता सुरक्षित हुन्छन्। यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो।’
मन्त्री महतले भने, ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनीहरु यसमा खेल्न सिपालु छन्। उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्। कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ।’
सेयर बजार अहिले तल झरेको उल्लेख गर्दै मन्त्री महतले त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको बताए। ‘यसको समाधान हुँदै जान्छ। सेयर बजारका लागि केही निर्णय चाँडै आउँछ भन्ने मलाई विश्वास छ’, उनले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19