काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले अधिकांश देश प्रभावित छन्। विभिन्न देशका वैज्ञानिकहरुले हरसम्भव प्रयास गर्दा यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन पत्ता लगाउन सकेका छैनन्।
हरेक दिन यो भाइरसलाई मार्ने नयाँ–नयाँ दाबी पनि सार्वजनिक भइरहेका छन्। तर ती दाबीहरु मित्था साबित भइरहेका छन्।
भर्खरै बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको र मानिसमा यसको परीक्षण बिहीबारदेखि हुने भनिएको छ।
उता यो भाइरस मार्ने अर्को नयाँ दाबी सार्वजनिक भएको छ। त्यो हो ‘हर्बल टी’ सेवन गर्दा यो भाइरस मर्छ। यस्तो दाबी गरेका हुन्, मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलियनले।
राष्ट्रपति एन्ड्रीले त आधिकारिक रुपमै कोरोनाभाइरस उपचारका लागि हर्ब टी लन्च गरेका छन्। उनले आफ्ना मन्त्री, राजनीतिकर्मी र पत्रकारबीच अफ अप्लाइड रिसर्चसँगको अन्तर्वार्तामा हर्बल टीको परीक्षण गरिएको र यसबाट दुईजना कोरोना सक्रमित ठिक भएको पनि दाबी गरेका छन्। ‘यदि तपाइँहरुलाई विश्वास लाग्दैन भने म यो औषधि तपाइँहरुसमक्ष नै पिउँछु, यसले मानिसलाई होइन कोरोनाभाइरसलाई मार्छ’, अन्तर्वार्ताकै क्रममा हर्बल टी सेवन गर्दै राष्ट्रपति एन्ड्रीले भने।
राष्ट्रपति एन्ड्रीले त यो हर्बल टीको नामकरण नै कोभिड अर्गेनिक्स दिएका छन्। यो हर्बल टी आर्टेमिसिया नामक प्लान्टबाट तयार गरिएको उनले जानकारी दिए। यो प्लान्ट मलेरियाको उपचारमा पनि सफल साबित भएको थियो।
यो हर्बल टी बनाउन स्थानीय जडीबुटीको पनि प्रयोग गरिएको बताइएको छ। यो हर्बल टी कोभिड अर्गेनिक्स प्रोफिल्याक्सिसका रुपमा हुनेछ, जसले कोरोनाभाइरस रोकथाममा अहम् भूमिका निर्वाह गर्ने दाबी गरिएको छ।
त्यसो त मेडागास्करमा हालसम्म १२१ जना संक्रमित फेला परिसकेका छन् तर हालसम्म एकजनाको पनि यो भाइरसको संक्रमणबाट ज्यान गएको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago