काठमाण्डौ । ‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो। जुन २०१६ देखि नेपालमा सञ्चालन भइरहेको छ।
प्रत्येक वर्ष हल्ट प्राइज टोलीले एउटा चुनौती जारी गर्दछ। जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयमा व्यापक रूपमा सञ्चार गरिन्छ। १२१ भन्दा बढी देशमा क्याम्पस निर्देशकहरुको नेटवर्क आयोजकहरुका अनुसार, स्टार्टअपका लागि हल्ट पुरस्कारले प्रत्येक वर्ष विजेता टोलीलाई एक मिलियन डलर पुरस्कार दिन्छ।
यो कार्यक्रम विद्यार्थीहरुलाई उनीहरुको नेतृत्व विकास गर्न र उनीहरुमा लुकेका क्षमताहरु पत्तालगाउन मद्दत गर्न एकसाथ राखिएको छ। विगत वर्षको सफलतालाई पछ्याउँदै आयोजक समिति र सहभागीहरुले आफ्नो विचार र सीप प्रदर्शन गर्न यस वर्ष ब्रिटिस कलेजमा हल्ट पुरस्कार आयोजना गर्ने तयारी गरेका छन्।
ब्रिटिस कलेजद्वारा आयोजित र फ्रक्सजबद्वारा प्रायोजित हल्ट पुरस्कार अन–क्याम्पस कार्यक्रम फुडमान्डुद्वारा सहप्रायोजित छ। गत २० फेब्रुअरी मा फ्रक्सजबसँगको बैठकमा प्रबन्ध निर्देशक विमल कँडेल र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले शीर्षक प्रायोजकका रुपमा एक समझदारीपत्रमा हस्ताक्षर गरे। त्यसैगरी २ मार्चमा फुडमान्डुसँगको बैठकमा सहायक प्रबन्धक ब्रान्ड मार्केटिङ, दिक्षा महत र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले सहप्रायोजकका रुपमा एक समझदारीपत्रमा हस्ताक्षर गरे।
त्यसैगरी कार्यक्रमलाई उद्यमी इनोभेसनले ‘नलेज पार्टनर’ र केकसेवाले ‘गिफ्टिङ पार्टनर’का रुपमा प्रायोजन गरेको छ। यस वर्षको ग्लोबल कल टु एक्सन ‘गेटिङ द वर्ल्ड ब्याक टु वर्क’ हो। जहाँ विश्वव्यापी सोच र स्थानीय नेतृत्व गरेर २०२४ सम्ममा २००० रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
सहभागी टोलीको अनबोर्डिङ सत्र १८ फेब्रुअरीमा ब्रिटिस कलेजको कन्फरेन्स हलमा आयोजित गरिएको थियो। जहाँ उनीहरुलाई अन–क्याम्पस कार्यक्रमको थप प्रक्रियाहरुका बारेमा स्पष्ट बुझाइदिइएको थियो।
मेन्टरहरु र मेन्टरसिपका लागि विषयहरु पनि कार्यक्रममा घोषणा गरिएको थियो जहाँ दर्ता गरिएका टोलीहरुले आफ्नो विशेषज्ञतामा आधारित स्थानीय र बहुराष्ट्रिय निम्नानुसार विभिन्न सत्रहरु पार गर्नेछन्। हाल स्थानीय र अन्तर्राष्ट्रियस्तरमा काम गर्ने मेन्टरहरुसँग स्टार्टअपको तयारीका लागि मेन्टरसिप भर्चुअल रुपमा चलिरहेको छ। यसले सहभागी टोलीहरु लाई आफ्नो व्यापार योजना अब्बल तुल्याउन मद्दत गर्नेछ।
कार्यक्रम सहभागी र क्याम्पस निर्देशकबीच अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रसँगै कार्यक्रम समाप्त भयो। आयोजक समितिले अतिथि वक्ता र कलाकारहरुलाई निमन्त्रणा गरेर संगीत, कविता, क्विज, र खेलहरु सहित विभिन्न मनोरञ्जन सत्रहरु सक्रिय रुपमा सञ्चालन गरिरहेको छ। आगामी सत्रहरुमा सहभागीहरुको रोमाञ्चक यात्राको बारेमा आफ्ना विचारहरु सहित कुराकानी हुनेछ। अतिथि कलाकार सागर राणा र सुश्री आस्मा तामाङ थिए। जसले सुन्दर र मन छुने गीतहरु प्रस्तुत गरेका थिए।
छोटकरीमा भन्नुपर्दा हल्ट पुरस्कारको अस्तित्वबारे थाहा नभएकाहरुका लागि यो सत्र एकदमै उत्कृष्ट थियो तथा दर्शक र अतिथिहरुबीचको उत्साहपूर्ण अन्तरक्रिया पक्कै पनि सफल सत्रको मुख्य आकर्षण थियो।
कार्यक्रममार्फत हल्ट पुरस्कारमा भाग लिने समग्र प्रक्रिया, यसको छनोट प्रक्रिया र यसका उद्देश्यहरु राम्ररी जानिएको थियो। हल्ट प्राइज ब्रिटिश कलेजले वाचा गर्दछ कि सत्र सूचना साझेदारीको अन्त्य होइन र तिनीहरु थप सत्रहरुको साथ फिर्ता हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago