काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेको ‘हवाई टिकट काटौँ, सुनचाँदी जितौँ’ योजनाअन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ।

यो योजनाअन्तर्गत पहिलो दुई साताको एक भाग्यशाली विजेता सन्देश श्रेष्ठ छन् भने दोस्रो दुई साताको अर्का भाग्यशाली विजेता रामपुकार महतो छन्। दुवै विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाण्डौ  र जनकपुरबाट काठमाण्डौको हवाई टिकेट काटेका थिए। 

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ। 

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरुमध्ये योजना अवधिभरि हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन्। 

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढी रुचाइएको यातायात माध्यम हुन पुगेको छ। आरमदायी र छिटो यात्रा गर्नका लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन माध्यम नै रोज्छन्। यस्ता यात्रुहरुले सहजताका निम्ति आइएमई पे एप जस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ। 

अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।