काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु साउन ३२ गतेबाट खुला गरिने भएको छ। 

कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ।

कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यो म्युचुअल फन्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो योजनाको निष्कासन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १५ गते बैंकिङ समयपछि हुनेछ। 

हिमालयन ८०–२० बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्षको रहेको छ।