 
                     
                                
                             
                                    काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढी आवेदन परेको छ।
कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्डमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिएको थियो। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
सीडीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो योजनामा ४६ हजार १४१ आवेदकबाट कुल ९ करोड १४ लाख ६१ हजार ८२० इकाइ माग भएको छ। जुन मागभन्दा १.०८ गुणाले बढी हो।
हिमालयन ८०–२० बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्षको रहेको छ।
सन् १९९३ मा स्थापना भई विगत ३० वर्षदेखि आफ्ना ग्राहकमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तीय संस्थामध्ये स्थापित हुन सफल रहेको छ। कोष व्यवस्थापक हिमालयन क्यापिटलले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजी बजारको नवीनतम तथा उत्तम अभ्यासहरु अपनाई गर्नेछ।
यस योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ प्रतिफलसहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतारचढावमा प्रतिविम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तका आधारमा सञ्चालन गरी लगानीकर्तालाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी सञ्चालन गर्ने हिमालयन क्यापिटलले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19