काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.५०% एनबीबीएल डिबेन्चर २०८५’ को २० लाख कित्ता ऋणपत्र बुधबार धितोपत्र बजारमा सूचीकृत भएको छ ।

गत वैशाख २३ गते  नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै बैंकले गत जेठ १० गते रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गरेको थियो ।

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६०% अर्थात् रु. १ अर्ब २० करोडबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) र ४०% अर्थात रु. ८० करोडबराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको थियो ।

दशवर्षे अवधिको ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक ब्याज प्रदान गरिनेछ। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।