काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ का इकाइहरु आज भदौ १७ गतेबाट बिक्री खुला गरिएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ बिक्री खुला गरिएको हो। निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धकक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गते बैंकिङ समयपछि हुनेछ।
यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19