-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको नयाँ निर्देशिकालाई लत्याउँदै पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले हजारौं लगानीकर्ताहरुको लगानीमाथि खेलवाड गरेको छ । 

आफैंले जारी गरेको निर्देशिकाको धज्जी उडाई हजारौं लगानीकर्तामाथि खेलवाड गरिरहँदा समेत पञ्चकन्यामाथि कुनै एक्सन नलिनु र लगानीकर्ताको हितको पक्षमा कुनै कदम नचाल्नुले थप शंका उब्जाइदिएको छ । 

कुनै पनि नयाँ कम्पनीको आइपीओको लिस्टिङ्ग बाँडफाड सकिएको एक हप्ताभित्र गरी लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिसक्नुपर्ने नियम छ ।

तर, यो जलविद्युत आयोजनाले सर्वसाधारणका लागि ११ लाख कित्ता आइपीओको बाडँफाडँ साउन ११ गते नै गरेको भए पनि कम्पनी भदौ २७ गते(करिब डेढ महिनापछि) मात्रै आफूहरुको सम्पर्कमा आएको सीडीएससीका प्रवक्ता समेत रहेका सुरेश न्यौपानेले बिजशालासँग दुखेसो पोखे । सीडीएससीलाई लगानीकर्ताले र्याखर्याख्ती पारिरहेका छन्, तर उता कम्पनीले पूरा डकुमेन्ट नदिने र दिए पनि अपूर्ण दिएपछि लिखित स्पष्टीकरण सोध्न लागिएको न्यौपानोले बताए । 

फलोअप गर्दागर्दै हैरानी खेप्नुपरेको र सेयर रजिस्ट्रार कार्यालयको पत्र, कम्पनीको पूर्ण विवरणमा ढिलासुस्ती भएकोमा आक्रोश पोख्दै न्यौपानेले डकुमेन्ट माग्न आफै फलोअप गरेको र अब साध्य नभएर स्पष्टीकरण पत्र काट्न लागिएको जिकिर गरे।

सीडीएससीसँग सम्झौतामा ढिलार्इ भए पनि लगानीकर्ताको हित हेरी लिष्टिङ्ग गरिदिएको न्यौपानेको भनाई छ । 

सिडिएससीले स्पष्टीकरण सोध्नेसम्मको तयारी गरिरहँदा यो विषयमा नियामक धितोपत्र बोर्ड भने रहस्यमय मौनतामा देखिन्छ । यो बिषयमा कुरा बुझ्न खोज्दा बोर्डका कुनै पनि अधिकारीले बोल्न चाहेनन् ।