काठमाण्डौ । धितोपत्र बोर्डले पूँजीबजारको विकास र बिस्तारका लागि स्थानीय निकायमा समेत धितोपत्र दलाल सेवा संचालनका लागि अनुमतिको प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा बिस्तार भइसकेको र दोश्रो बजारलाई समेत बिस्तार गर्ने उद्देश्यले आर्थिक वषृ २०७५/७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार आर्थिक रुपमा संभाव्य जिल्ला तथा स्थानमा धितोपत्र दलाल सेवा संचालन अनुमति दिने प्रक्रिया अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको प्रष्ट पारेको छ ।
यो कार्यक्रमअनुसार विद्यमान बजारको अवस्था तथा आकार, दलाल व्यवसायीले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम स्थानीय स्तरका व्यवसायी हुँदा उक्त व्यवसायप्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने तथा स्थानीय स्तरको व्यवसायीप्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण एवं देशमा संघीय संरचनाअनुसार प्रादेशिक सरकार निर्माण भइसकेको र प्राथमिक बजारसँगै धितोपत्रको दोस्रो बजारलाई पनि सोहीअनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएको देखिएको परिप्रेक्ष्यमा संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला÷स्थानहरुमा (काठमाण्डौ उपत्यकाबाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन संचालक बोर्डको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडलाई निर्देशन दिइएको छ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ ।
धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित बोर्डमा निवेदन दिने व्यवस्था रहेको छ । बोर्डले सो कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago