काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकीकृत गरी पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन लागेको छ ।
यसैको पूर्वसन्ध्यामा नेप्सेले अनलाइनबाट सेयरको कारोबार गर्न इच्छुक लगानीकर्ताहरुले गर्नुपर्ने आवश्यक तयारीको सूचि सार्वजनिक गरेको छ ।
नेप्सेले लगानीकर्ताले अनलाइन कारोबारमा सहभागी हुन गर्नुपर्ने १० वटा पूर्व तयारीसँग सम्बन्धित कामको सूचि सार्वजनिक गरेको हो ।
नेप्सेका अनुसार अनलाइन कारोबार गर्न चाहने लगानीकर्ताले आफ्नो ब्रोकरकहाँ खोलेको कारोबार खाताको केवाइसी अद्यावधिक गर्नुपर्नेछ ।
यस्तै, हितग्राही खाता सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने, एक हितग्राही खातासँग एउटा मात्र कारोबार खाता आबद्ध गर्नुपर्ने, नेप्सेले तोकेको राफसाफ बैंकमा कारोबारका लागि अलग्गै खाता खोली ब्रोकरसँग रकमान्तर गर्ने व्यवस्था मिलाउनुपर्ने र यस्तो बैंकबाट इबैकिङ सुविधा समेत अनिवार्य लिनुपर्ने भनिएको छ ।
यसबाहेक लगानीकर्ताले गर्नुपर्ने अन्य कामको सूचि यस्तो छ:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19