काठमाण्डौ । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरेको छ । 

मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । 

मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलाश ढुंगेलले शुक्रबार उद्घाटन गरे । 

मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताए । 

मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईले बताए । उनका अनुसार मेलामा १७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् । 

शिखरको सेल मेला ग्राहकका लागि निकै सस्तोमा जुत्ता चप्पल किन्ने अबसर हुने कम्पनीले दाबी गरेको छ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्ने प्रसाईको सुझाव छ । 

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राखेको छ । स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराइने प्रसाईंको भनाई छ । 

मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन्  । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।