-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।
प्रदेश ५ प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महङ्गोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडी नचढ्ने र निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै चढ्दै आएको गाडी फिर्ता गरेका हुन् ।
नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाइ फिर्ता गरेका छन् ।
सचिवालयमा चाबी बुझाउँदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भने–‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानबिन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन । त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ ।’
प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिव लगायतलाई भन्दै हालै १३ वटा(टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।
खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनका लागि समितिका सदस्य कुलप्रसाद पोखरेल(नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानबिन भइरहेको छ ।
सो उपसमितिमा बैजनाथ जयसवाल(कांग्रेस )र कल्पना पाण्डे(राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक आज पनि बसेको थियो । गाडी खरिदमा केही कमजोरी फेला परेको सदस्य बैजनाथ जयसवालले बताए ।
उपसमितिले ६ गते प्रतिबेदन लेखा समितिलाई बुझाउने तयारी गरेको उनले लेखा समितिका सभापतिले पनि आफूलाई उपलब्ध गराईरहेको लु १ झ ४४१ नं. को गाडी फिर्ता गरेका छन् ।
पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गाडी फिर्ता गरेका थिए । प्रदेश ५ मा गाडी खरीद प्रकरणले चर्चा पाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago