काठमाण्डौ । संघीय संसदको अर्थसमितिले आयोजना गरेको छलफलमा बोल्ने क्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफूहरुविरुद्ध लाञ्छना लगाएका र आफ्ना अध्यक्षको मानमर्दन गरेको भन्दै ब्रोकर आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले बोर्डका अध्यक्ष कार्कीका केही कर्तुतहरुको पर्दाफास गर्दै उनीमाथि कारबाही हुनुपर्ने अडानसहित धितोपत्र बोर्डमा ज्ञापनपत्र समेत बुझाएका छन् । 

बोर्ड अध्यक्ष कार्कीले फागुन ७ गते अर्थसमितिले आयोजना गरेको छलफलमा धितोपत्र दलाल व्यवसायीलाई अनुशासनहीन भएका, सक्षम नरहेका र प्रतिस्पर्धी नभएका आरोप लगाएका थिए । 

आफूहरुमाथि मिथ्या आरोप बजारको नियामक संस्थाका मुख्य व्यक्तिले नै लगाएपछि त्यसले मानमर्दन भएको भन्दै ब्रोकरले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा हाल संचालनमा रहेका ५० वटै ब्रोकरको हस्ताक्षर र छाप छ । 

ब्रोकरहरुले अध्यक्ष कार्कीले धितोपत्र दलाल व्यवसायीलाई शत्रुगत र पूर्वाग्रही व्यवहार निरन्तर गर्दै आएका र बजारको विकास तथा बिस्तारका लागि आफूहरुले राखेका जायज मागहरुलाई समेत रद्धीको टोकरीमा फालिएको दाबी गरेका छन् । 

ब्रोकरहरुले ६ पृष्ठ लामो ज्ञापनपत्र बुझाउँदै बोर्ड अध्यक्ष कार्कीविरुद्ध १४ वटा प्रश्नको झटारो हानेका छन् । 

ब्रोकरले गरेका प्रश्न यस्ता छन्:

दलालहरुको क्षमताको बिस्तारमा समेत अध्यक्ष कार्कीले बदलाको भावना लिएर काम गरेका आरोप छ ।

अध्यक्ष कार्कीले गर्दै आएका कतिपय गैरजिम्मेवार कामको समेत ब्रोकरहरुले पर्दाफास गरिदिएका छन् । ब्रोकरहरुले बुझाएको ज्ञापनपत्र यस्तो छ: