काठमाण्डौ । पूँजीबजारमा विदेशी लगानी भित्र्याउने विधेयक संघीय संसदमा पुगेको र बजारको बियरिस ट्रेण्ड सकिन अब केही हप्ता मात्र बाँकी रहेको प्राविधिक विश्लेषकहरुको दाबी सम्बन्धी खबरको प्रभावले बुधबार नेप्से परिसूचक बढेको छ ।
यो दिन कारोबार रकम(टर्नओभर)मा पनि सामान्य वृद्धि भयो ।
नेप्से परिसूचक २.९७ अंकले बढेर ११०५.५३ को विन्दूमा फर्किएको छ भने करिब २२ करोडको हाराहारीमा सेयर कारोबार भएको छ ।
यो दिन विकास बैंक समूहमा १.७९ अंकको झिनो गिरावट देखिएको छ भने बित्त समूह ३.०८, उत्पादनमूलक ६.७४ र माइक्रोफाइनान्स २.३७ अंकले घटेका छन् ।
बैंकिङ समूह २.८९ अंकले बढेको यो दिन होटल समूहमा ७.०६ अंक, जलविद्युत समूहमा २.१३ अंक, निर्जीवन बिमा समूहमा १७.०३ अंक, जीवन बिमा समूहमा २०.५२ अंक र अन्य समूहमा ५ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका ८ लाख ९ हजार ४६३ कित्ता सेयर २१ करोड ९९ लाख ३९ हजार २६१ रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा बढी नेपाल बैंकले १ करोड ६४ लाख बढीको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले १ करोड ३६ लाख, एनएमबी बैंकले १ करोड २ लाख, कृषि विकास बैंकले ९१ लाख, अपर तामाकोशीले ५९ लाख बढीको कारोबार गरे ।
प्राइम लाइफ इन्स्योरेन्सको ५७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा लुम्बिनी विकास बैंकले ५६ लाख, माछापुच्छे बैंकले ५३ लाख, नागरिक लगानीकोषले ५० लाख र प्रिमियर इन्स्योरेन्सले ५९ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै कमाए । कम्पनीको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो ।
मञ्जुश्री फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्यमा ३.४७ प्रतिशतको गिरावट आयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago