काठमाण्डौ । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ खरीदका लागि आवेदन दिएका आयोजना प्रभावितका लागि सेयर बाँडफाँड गरिएको छ । 
 
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमीटेड(साबिकको काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड)ले आइतबार दिउँसो ३ः३० बजे सेयर बाँडफाँड गरेको हो । 
 
रु.१००। अंकित दरको १८,००,००० कित्ता साधारण शेयर निश्कासन भएकोमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको समुह (क) गौरीशंकर गाउँपालिका वडा नं. ७ मार्वु बासिन्दाहरुको लागि ३० प्रतिशत अर्थात ५,४०,००० कित्ता, समुह (ख) गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरी, ६ चंखु, ८ खारे र ९ गौरीशंकर गाउँपालिका बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ७,२०,००० कित्ता र समुह (ग) गौरीशंकर गाउँपालिका वडा नं. १ र २ जुगु वडा नं. ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं. ४ लादुक बासिन्दाहरुको लागि ३० प्रतिशत अर्थात ५,४०,००० कित्ता शेयर सुरक्षित गरिएको थियो । 
 
कम्पनीले आयोजना प्रभावितका लागि माघ २२ देखि चैत २७ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । 
 
सो क्रममा समुह (क) अन्तर्गतको ५,४०,००० कित्ता धितोपत्रका लागि रितपुर्वक प्राप्त ३०२ जनाबाट २५,३८० कित्ता बराबर रकम रु.२५,३८,०००।, समुह (ख) अन्तर्गतको ७,२०,००० कित्ता धितोपत्रका लागि रितपुर्वक प्राप्त ५९८ जनाबाट ५९,४०० कित्ता बराबर रकम रु.५९,४०,०००। र समुह (ग) अन्तर्गतको ५,४०,००० कित्ता धितोपत्रका लागि रितपुर्वक प्राप्त ३१६ जनाबाट १८,८२० कित्ता बराबर रकम रु.१८,८२,०००। गरी कुल जम्मा १,२१६ आवेदनकर्ताबाट १,०३,६०० कित्ता बराबरको रु.१,०३,६०,०००। संकलन भएको बताइएको छ । 
 
मागभन्दा कम शेयरका लागि आवेदन प्राप्त भएकाले दरखास्त दिने सम्पूर्ण आयोजना प्रभावित क्षेत्रका १,२१६ जना स्थानिय 
बासिन्दाहरुलाई दरखास्तमा माग भए बमोजिम कुल १,०३,६०० कित्ता शेयर बाँडफाँट गरिएको बताइएका छ । 
 
ग्रिनलाइफ हाइड्रोपावर लि. को  आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन भएकोमा जम्मा १,२१६ जना आवेदकहरुमा कूल जम्मा १,०३,६०० कित्ता शेयर चैत १७ गते आइतबार दिउँसो ३ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लि., काठमाण्डौं प्लाजा, काठमाण्डौंमा कम्पनी रजिष्ट्रारको कार्यालय, निष्कासन कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट गरियो ।