काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा चैत १८ गते चाँगुनारायण न.पा.वडा नं ८ भक्तपुरको वडा कार्यालयमा मृत्यु दाबीभुक्तानी कार्यक्रम आयोजना गरी उक्त वडा निवासी बीमित स्व. यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दाबीबापत चेक हस्तान्तरण गरियो । 

कम्पनीका सूर्यबिनायक शाखाका शाखाप्रबन्धक भुवन के.सीद्वारा संचालित कार्यक्रममा प्रमुखअतिथि चाँगुनारायण न.पा.वडा नं ८ का वडाध्यक्ष परासर सापकोटाबाट रु.२००००० को चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चूडामणि सुवेदीबाट मृत्यु दाबी भुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरियो । 

बीमित स्वः यमकुमारी दुलालखत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ वर्ष अवधिको सनलाइफ साबधिक जीबन बिमा योजनामा बिमाङ्क रु.२००००० जीबन बिमा गराएकोमा गत माघ ६ गते उनको मृत्यु भएको थियो ।