काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आइजीआई स्टूडेन्ट पोलिसी (आइजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।
यस्तो बीमालेखको शुभारम्भ कम्पनीका संचलक प्रतापजंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्षा १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुकोलाई बीमा सुरक्षा प्रदान गर्ने हेतुले आइजीआई स्टूडेन्ट पोलिसीको शुभारम्भ गरिएको प्रष्ट्याएको छ ।
‘यस बीमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छ नै साथ साथै निजको माता पिताको पनि सुरक्षा प्रदान गर्नेछ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथम्कदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेख शुरु गरिएको छ ।’ आइजीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय यो कम्पनीले शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्दै विभिन्न बीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
हाल नेपालमा विद्यालय स्तरमा ७३ लाख विद्यार्थीहरु अध्ययनरत रहेका कम्पनीको दाबी छ ।
हरेक दिन कुनै न कुनै घटना तथा दुर्घटनामा विद्यार्थी परिरहेको खबर सुन्ने गरिएको, यस्तो घटनाबाट सम्बन्धित अभिभावहरु तथा विद्यालयले ठूलो आर्थिक व्ययभार बोक्नु परेकोमा अब यो बीमालेख पश्चात अभिभावक तथा विद्यालयलाई आर्थिक बोझ नहुने कम्पनीको दाबी छ । विद्यालयलाई पनि यसबाट ठूलो टेवा पुग्ने बताइएको छ ।
आइजीआई विद्यार्थी बीमालेखले रक्षावरण गरिएका जोखिमहरु:
औषधोपचार खर्चः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19