काठमाण्डौ । बैंकिङ समूह पुनः चम्किँदा नेप्से परिसूचक सोमबार २१.७३ अंकले बढेको छ ।
केही दिनसम्म करेक्सन चलेको बजार पुनः लयमा फर्किएको हो । नेप्से परिसूचक बढेर यो दिन १२९९.४१ को विन्दूमा फर्किएको छ ।
नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आए पनि कारोबार रकम भने ६३ करोड ३६ लाखमा सीमित भएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम घट्नु राम्रो संकेत भने होइन ।
यो दिन नेप्सेमा सूचिकृत बलिया र ठूला कम्पनीमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.७२ अंकको बढोत्तरी भयो ।
बैंकिङ समूह २९.१६ अंकले बढेको यो दिन जीवन बिमा समूहमा ७५.६९ अंक, निर्जीवन बिमा समूहमा ४.६६ अंकको बढोत्तरी भएको छ । व्यापार समूह १०.३५ अंकले बढेको यो दिन होटल समूहमा १९.८४ अंक, विकास बैंक समूह १५.८६ अंक, जलविद्युत समूह ३.३६ अंक, बित्त समूह १.७६ अंक, उत्पादनमूलक ७३.३६ अंक र माइक्रोफाइनान्स समूह १०.१७ अंकले बढेका छन् ।
अन्य समूहमा भने ०.८५ अंकको झिनो गिरावट देखिएको छ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन १७२ कम्पनीका २० लाख ७५ हजार ४० कित्ता सेयर ६३ करोड ३६ लाख ५३ हजार ५२ढ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी शिवम् सिमेन्टले ४ करोड ९४ लाख बढीको कारोबार गरेको छ । जनता बैंक नेपाल लिमीटेडले ३ करोड ८६ लाख बढीको कारोबार गरेको दिन नेपाल बैंकले ३ करोड ८५ लाख, एनएमबी बैंकले ३ करोड १० लाख, प्रभू बैंकले २ करोड ४० लाख, नेको इन्स्योरेन्सले २ करोड २ लाख, एनआइसी एशिया बैंकले १ करोड ९० लाख, एभरेष्ट बैंकले १ करोड ६० लाख, कृषि विकास बैंकले १ करोड ५४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन र मल्टिपर्पोज फाइनान्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । दुवैको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
यो दिन शिवम् सिमेन्टका लगानीकर्ताले पनि ८.३८ प्रतिशतले सम्पत्ति बढाएका छन् ।
धेरै कमाउने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंकले ओगटेका छन् । जसमध्ये मेगा बैंकको सेयर मूल्य ६.०४, बैंक अफ काठमाण्डूको मूल्य ५.४५ प्रतिशत, जनता बैंकको मूल्य ४.५२ र एभरेष्ट बैंकको मूल्य ४.३३ प्रतिशतले बढेको छ ।
पाँचथर पावर कम्पनीको मूल्य सबैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago