-रामु खनाल-सेयर बजार जानकार
बजेटमार्फत पूँजीबजारका निम्ति खासै ठूलो अपेक्षा नगरिएता पनि केही आशा भने लगानीकर्ताहरुले पक्कै गरेका थिए। तर बजार हल्ला जस्तो बजेट देखिएन। बजेट मार्फत क्यापिटल गेन ट्याक्स प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशतमा झारिएको छ । यो समग्र बजार एवम् लगानीकर्ताहरुका निम्ति खुशीको कुरा हो ।
बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरुलाई आपसमा गाभ्नलार्इ प्रोत्साहन गरिने भनिएको छ, यसबाट संस्था आपसमा मर्जर हुँदा सस्थाहरुको संख्यामा कमी त आउला तर यहि कारणले नै लगानीकर्ताहरुलाई प्रतिफल राम्रो होला नै भन्न सकिन्न ।
बजेटमार्फत धितोपत्र बोर्ड, नेप्से, सिडिएसलार्इ सुधार एव व्यवस्थित गरिने भनिएको छ। यो सुधार एवम् व्यवस्थित भन्ने शब्द पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङ्गको नियन्त्रण, वेब साइटमा रहेको समस्या हट्ने एवम् हटाउने तथा अनलाइन प्रणाली प्रभावकारी होस् भन्ने आम लगानीकर्ताहरुको आशा एवम् अपेक्षा रहेको छ।
निश्चित रकम भन्दा माथिको कारोबारलाइ प्यान विवरण राखिने भनिएको कारण पटक–पटक बजारमा प्यान आतंक तथा कालोधनको कुरा ल्याई बजारमा चलखेल गर्नेलाई केही हदसम्म रोक्नेछ । निश्चित रकमभन्दा माथिको कारोबारलार्इ प्यानद्वारा व्यवस्थित गरिनु राम्रो कुरा हो।
लगानीकर्ताहरुलाई अल्पकालीन तथा दीर्घकालिन लगानीकर्ता भनी लगानीकर्ताहरुलार्इ विभाजन गरी त्यसमा करको बिबिधिकरण गरिनुपथ्र्यो, त्यो हुन सकेन ।
बजारमा महिला तथा अपाङ्गहरुलार्इ प्रोत्सान गर्न केही कर छुटको ब्यवस्था गरिनुपर्थ्यो त्यो पनि हुन सकेन।
पुँजी बजारका निम्ति बजेट त्यति धेरै उत्साहजनक पनि छैन र निराश भइहाल्नु पर्ने पनि छैन।
समग्रमा पुँजीबजारको निम्ति बजेट न खुलेर हास्न सकिने, न रुन सकिने जस्तो आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19