काठमाण्डौ । स्टार्टअपहरुलाई सरकारले कर, जरीवाना, दस्तुर तथा ब्याजमा मिनाहाको बम्पर अफर सार्वजनिक गरेको छ । 

सरकारले घोषणा गरेको बजेटको आधारमा तयार आर्थिक विधेयकमार्फत स्टार्टअपहरुलाई कर छुटमा बम्पर अफर सार्वजनिक गरिएको हो । 

नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी सुरु गरिएका(स्टार्टअप) व्यवसाय गर्ने व्यक्ति वा संस्था कदरको दायरामा नआएका भए त्यस्ता व्यक्तिले २०७६ पुस मसान्तभित्र स्थायी लेखानम्बर लिई मूल्य अभिवृद्धि करमा दर्ता गरेमा आर्थिक वर्ष  २०७५/७६ भन्दा अघिका वर्षहरुको कुनै पनि किसिमको विवरण, कर, जरीवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनु नपर्ने व्यवस्था गरिएको हो । 

यस्तो व्यवस्थाबाट विगतमा कर नतिरेको भन्दै विवादमा तानिएको टुटल, पठाओ जस्तो स्टार्टअप कम्पनीहरु उत्साहित बन्ने देखिएको छ ।