काठमाण्डौ । मल्टिपर्पस फिनान्स कम्पनी लिमीटेड(वित्तीय संस्था)ले आगामी असार २३ गतेदेखि १ः८.६५(८६५ प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

कम्पनीले पूँजीवृद्धिको उद्देश्यले हकप्रदको निकै ठूलो भारि आफ्ना सेयरधनीलाई बोकाउन लागेको हो । 

असार २३ गतेदेखि खुल्ने हकप्रद खरीदका लागि योग्य सेयरधनीले साउन २६ गतेसम्म आवेदन दिनुपर्नेछ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपछि चुक्तापुँजी बढेर ४० करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीले असार ११ गतेदेखि हकप्रद प्रयोजनका लागि बुक क्लोज गर्ने यसअघि नै सूचना प्रकाशित गरिसकेको छ । यसको अर्थ कम्पनीबाट निश्कासन हुन लागेको हकप्रद सुरक्षित गर्न चाहनेले असार १० गतेसम्म यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ। 

मल्टिपर्पस फिनान्सको दोश्रो बजारको अन्तिम बिक्री मूल्य रु. २१५ रहेको छ ।