Sindhuli Victory Celeberation
सिन्धली । सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो ।
सिन्धुलीमाढीको भ्याली भ्यु होटलमा भएको भेलाले बिजय हासिल गरेको यथार्थ मिति पत्ता लगाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यतिञ्जेलसम्म हरेक कात्तिक २४ गते नै विजयोत्सव मनाइने भएको छ ।
अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीनदिने साइकल यात्रा गर्ने भएको छ । राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।
भेलामा साइकल यात्रा २०१६ बारे बनेको बृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस अबसरमा साइकल यात्रामा भएको आम्दानी र खर्चको विवरण राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले भेलामा प्रस्तुत गरेका थिए । भेलालेंं बिजयोत्सवका अबसरमा बर्षैभरि विभिन्न कार्यक्रम गर्नेछ । त्यसमा कलाकारिता, रंंगकर्म, चलचित्र निर्माण, निर्देशन, चित्रकारिता, फोटो पत्रकारिता, बृत्तचित्र निर्माण, गायन, सङ्गीत सिर्जना, साहित्य लेखनलगायत सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टा तथा सर्जकहरूसँग अन्तरक्रियासमेत गरिने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago