काठमाण्डौ । अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढिरहेको छ । 

यो क्रममा अस्तित्वमा रहेका ५० वटा ब्रोकरमध्ये आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज लगानीकर्तालाई अनलाइन प्रयोगका लागि प्रोत्साहित गर्ने विषयमा निकै आक्रामक देखिएको छ । 

असार २६ गते अनलाइन कारोबार प्रणालीमा आबद्ध भएका कुल ११ हजार ५८४ लगानीकर्तामध्ये आर्यताराले मात्रै १ हजार २१३ लगानीकर्तालाई अनलाइन प्रणालीमा आबद्ध गराएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका अनुसार भिजन सेक्युरिटिजले आर्यतारालाई पछ्याइरहेको छ । असार २६ गतेसम्म भिजनले १ हजार १९७ लगानीकर्तालाई अनलाइन प्रयोगकर्ता बनाएको छ । 

आफ्ना क्लाइन्टलाई अनलाइन यूजर बनाउने मामलामा अनलाइन सेक्युरिटिज ७७४ सहित तेश्रो र दिपशिखा धितोपत्र कारोबार कम्पनी लिमीटेड ७५० सहित चौथो स्थानमा छन् । 

आफ्ना ग्राहकलाई अनलाइन कारोबारमा प्रोत्साहित गर्ने मामलामा अरुण सेक्युरिटिज प्रालि सबैभन्दा कमजोर देखिएको छ । समीक्षा अवधिसम्म यो कम्पनीबाट २० जनाले मात्र अनलाइन प्रणालीको युजर र पासवर्ड लिएका छन् । 

आशुतोष ब्रोकर एण्ड सेक्युरिटिज पनि यो विषयमा कमजोर नै देखिएको छ । यो कम्पनीले २८ जनालाई मात्र अनलाइन प्रयोगकर्ता बनाएको छ । 
अन्य कुन ब्रोकरले असार २६ गतेसम्म कति अनलाइन प्रयोगकर्ता बनाए ? सूचि हेर्नुहोस्: