काठमाण्डौ । अमेरिका र चीनबीच व्यापार वार्ता हुने अनुमानसँगै बुधबार एसियाली बजारमा सेयर कारोबारले छलाङ मारेको छ ।
चिनियाँ उच्च स्रोतका अनुसार अमेरिकी मध्यस्थकर्ताहरुको टोली अमेरिका र चीन व्यापार वार्ता पुनः सुचारु गर्न अर्को साता चीन भ्रमणमा आउने छन् । गत महिना जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिङपिङबीच भेटवार्तापछि यो वार्ता पहिलोपटक आमने–सामने हुन लागेको हो ।
अमेरिका र चीनबीच व्यापार वार्ता सुरु हुन लागेको अनुमानसँगै सांघाई सेयर मार्केटमा १.१ प्रतिशतको उछाल आएको छ । त्यस्तै हङकङको ह्याङ सेन्जमा ०.९ प्रतिशत र जापानको निक्कै सेयर मार्केटमा ०.५ प्रतिशले बढोत्तरी आएको छ ।
एसियाली सेयर बजारमा एकाएक उछाला आएपछि लगानीकर्ताहरु हौसिएका छन् ।
उता व्यापार वार्ताको थालनी हुनेसँगै चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अली बाबाले अमेरिकी कम्पनीहरुलाई उनीहरुको उत्पादनको सानो तथा मध्यम खालाको व्यापार आफ्नो प्लटफर्ममार्फत विश्वमा पुर्याउन सहयोग गर्ने जनाएको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago