काठमाण्डौ । बजारको निरन्तरको गिरावट साताको पहिलो कारोबार दिन आइतबार समेत जारी रह्यो ।
नेपाल राष्ट्रबैंकको स्प्रेड गणनाको नयाँ विधि कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई भएको परिपत्र र त्यसका कारण बैंकहरुको नाफामा पहिरो जाने खबरहरुले लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको हो ।
बैंक तथा वित्तीय संस्थाकै बोलवाला रहेको सेयर बजारमा सोही क्षेत्रको नाफा घट्ने र यसले संभावित लाभांशमा समेत हिट गर्ने आँकलनसहित लगानीकर्ताहरु निराश बनेका छन् । आफूले लगानी गरेका कम्पनीको नाफा र लाभांश क्षमता घट्ने भएपछि भरसक बिक्री गर्ने मनोवृृति देखिएको छ ।
कतिपय लगानीकर्ता चाहि बैंकर्स संघहरुले प्रयास गरिरहेका भन्दै ‘पर्ख र हेर’को रणनीतिका साथ निस्क्रिय भएर बसिरहेका छन् । यसले समेत बजारमा सुस्तता बढाउन सहयोग गरेको छ ।
अर्कोतर्फ, पूँजीगत लाभकर गणनाको विषयले अझै मूर्त रुपमा पाउन सकेको छैन । यसले समेत बजारमा नकारात्मक असर गरिरहेको छ ।
यस्तै कारणले घटिरहेको बजारमा आइतबार समेत ४.८४ अंकको गिरावट आयो । यो दिन कारोबार रकम समेत घटेर ३१ करोड १७ लाखमा सीमित बन्न पुग्यो ।
विश्लेषकहरुले नेप्से परिसूचकको गिर्दो प्रवृति र योसँगै कारोबार रकममा समेत आइरहेको गिरावट बजारको सुन्दर भविष्यका लागि अशुभ संकेत रहेको दाबी गरेका छन् । तर, यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहेमा मात्र चिन्ता लिनुपर्ने हुन्छ ।
यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखियो, जसका कारण सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४५ अंकको गिरावट आयो ।
यो दिन बैंकिंग समूह ५.०३ अंकले घट्यो भने विकास बैंक समूह ४.२९ अंक, जलविद्युतत समूह ८.८४ अंक, निर्जीवन बिमा समूह ३२.१९ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४.७३ अंक, निर्जीवन बिमा समूहमा ३७.६६ अंक, माइक्रोफाइनान्समा ६.६ अंकको गिरावट आयो ।
ट्रेडिङ समूह १३.७७ अंकले बढेको यो दिन होटल समूहमा १६.४६ अंक, बित्त समूह्मा १.२५ अंक र म्युचुअल फण्ड समूहमा ०.०२ अंकले बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका ११ लाख ४५ हजार ५०७ कित्ता सेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन सबैभन्दा बढी रसुवागढी हाइड्रोपावरले ४ करोड ५९ लाख बढीको कारोबार गरेको छ । साञ्जेनले २ करोड ७९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ३७ लाख, नेपाल बैंकले १ करोड १८ लाख, कृषि विकास बैंकले १ करोड १० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७ लाख, नवील बैंकले ७७ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७६ लाख, कुमारी बैंकले ६८ लाख र बैंक अफ काठमाण्डूले ६७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.११ प्रतिशतले बढ्यो ।
जोशी हाइड्रोपावर र पाँचथर पावरको सेयर मूल्यमा ८ प्रतिशत भन्दा बढीको गिरावट आयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago