काठमाण्डौ । नेपाल राष्ट्रबैंकको निर्देशनमा गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश फेरबदल गरेपछि सेयरधनीहरुलाई घाटा हुने भएको छ।
संस्थाले यसअघि प्रस्ताव गरेको लाभांशमा राष्ट्रबैंकले असहमति जनाउँदै परिमार्जन गर्न निर्देशन दिएअनुसार फेरबदल गर्दा सेयरधनीहरुलाई सामान्य घाटा हुन गएको हो। संस्थाले यसअघि चुक्तापुँजी ७ करोड ७५ लाख रुपैयाँको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४४ प्रतिशतले हुन आउने ३ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
सोही प्रस्ताव संस्थाले स्वीकृतिका लागि नेपाल राष्ट्रबैंकमा पठाएको थियो । तर राष्ट्रबैंकले असहमति जनाउँदै परिमार्जन गर्न मौखिक सुझाव दिएपछि संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा थोरै फेरबदल गरेको हो ।
राष्ट्रबैंकको सुझावका आधारमा संस्थाले ७.६१ प्रतिशतले हुन आउने ५९ लाख रुपैयाँबराबर बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने ३ लाख १० हजार ५२६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश स्वीकृतिका लागि राष्ट्रबैंकमा पठाएर आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19