काठमाण्डौ । काल्र्सबर्ग ग्रुपले सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोतल सृजना गर्ने यात्राको अपडेट प्रदान गरेको छ । जुन १००% जैव–आधारित र पूर्ण रुपले पुनः प्रयोगयोग्य छ।

काल्र्सबर्गले ग्रीन फाइबर बोतलको अनुसन्धानको दुई नयाँ प्रोटोटाइप अनावरण गरेको छ । जुन बियर राख्नका लागि बनाइएको पहिलो “पेपर बोतल” हो ।

काल्र्सबर्गले अन्य प्रमुख ग्लोबल कम्पनीसँगको आबद्धताबारे पनि घोषणा गरेको छ । जो पेपर बोतल प्रविधिको प्रगतिद्वारा दिगो प्याकेजिङ विकास गर्ने लक्ष्यका लागि एकीकृत भएका हुन् ।

यी विकासहरु काल्र्सबर्गको दिगो प्याकेजिङ नवीनता यात्राको निरन्तरता हो । यो दिगो कार्यक्रम एवं टुगेदर टुवार्डस जेरोको एक मुख्य भाग हुनका साथै यो यसका बु्रअरिज्हरुमा जेरो कार्बन इमिसनको प्रतिबद्धता र सन् २०३० सम्ममायसको सम्पूर्ण भ्याल्यु चेन कार्बन फुटप्रिन्टमा ३०% कटौती गर्न पनि प्रतिबद्ध छ ।

  • सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोटल सृजना गर्ने कार्यमा काल्र्सबर्गले अझ एक कदम अघि बढायो
  • यसको ग्रीन फाइबर बोतलको अनुसन्धानको दुई नयाँ प्रोटोटाइप अनावरण– बियर राखेर पहिलो पटक
  • हाल आएर बढी कम्पनीहरु पेपर बोतल समुदायसँग जोडिन प्रतिबद्ध 

दुई नयाँ प्रोटोटाइप

दुई नयाँ प्रोटोटाइपहरु सस्टेनेबली–सोर्सड वुड फाइभरबाट बनाइएका छन् । जुन पूर्ण रुपले पुनः प्रयोगयोग्य छ र जसमा बोतलमा बियर राख्नका लागि भित्री ब्यारियर राखिएको छ । एउटा प्रोटोटाइपमा पुनः प्रयोग गरिएको पातलो पीईटी पोलीमर फिल्म ब्यारियर प्रयोग गरिएको छ र अर्कोमा १००% जैव–आधारित पीईएफ पोलिमर फिल्म ब्यारियर प्रयोग गरिएको छ । पोलिमररहित १००% जैव–आधारित बोटल उत्पादन गर्ने समाधान पत्ता लगाउनु काल्र्सबर्गको मुख्य लक्ष्य भएकोले यी प्रोटोटाइपहरु ब्यारियर प्रविधिको निरीक्षण गर्नका लागि प्रयोग गरिनेछन् ।

काल्र्सबर्ग ग्रुपका ग्रुप डेभलपमेन्ट उपसभापति माइरियम सिङ्लेटनले भन्नुभयो, ‘हामी आफ्नो प्याकेजिङ फम्र्याटमा निरन्तर रुपमा नवीन ताल्याइरहेका छौं र ग्रीन फाइबर बोटलको अहिलेसम्मको प्रगति विवरणमा हामी ज्यादै हर्षित छौं । हामी अहिलेसम्म त्यहाँ नपुगे पनि, यी दुई प्रोटोटाइपहरुले हाम्रो मुख्य लक्ष्यसम्म पुग्नका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।’

हरेक नयाँ चिज गर्नका लागि समय लाग्ने बताउँदै सिङ्लेटनले भन्नुभयो, ‘हामी भविष्यमा आउने चुनौतीहरुलाई पार गर्नका लागि त्यसरी नै निरन्तर रुपमा सम्बन्धित विज्ञहरुसँग आबद्ध हुँदै जानेछौं, जसरी हामी प्लास्टिक–रिड्युसिङ स्न्याप प्याकका लागि आवद्ध भएका थियौं ।’

उत्कृष्टताका लागि निरन्तर प्रयास

गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले भन्नुभयो, ‘काल्र्सबर्गले दिगो प्याकेजिङ इनोभेशनका लागि जोड दिएको कुरा नयाँ होइन । हामी वातावरणीय दिगोपनका लागि योगदान पुर्याउने नवीनतम उपायहरुको निरन्तर खोजीमा हुन्छौं ।’

वातावरणीय सुरक्षा आफूहरुको प्राथमिकतामा पर्ने प्रमुख कुराहरुमध्ये एक हो भन्दै शर्माले भन्नुभयो, ‘हामी यसका लागि अर्को एक कदम चाल्न प्रयासरत छौं ।’

सन् २०१८ मा द ड्यानिस बु्रअरले प्याकेजिङका विभिन्न नवीनतम उपायहरु ल्याएका थिए । जसमा पुनः प्रयोगयोग्य सृङ्क फिल्म, ग्रीनर लेबल इंक र नवीनतम “स्न्याप प्याक” समावेश छन् । जसले सिक्स–प्याक्सको प्ल्यास्टिक र्यापिङलाई क्यानहरुलाई एकआपसमा चिप्काउने समाधानले प्रतिस्थापित गरेको थियो ।

काल्र्सबर्गको प्याकेजिङमा निरन्तर गरिरहेको सुधारहरु उत्कृष्टता र नवीनताका प्रकृयाहरु हुन् । जसमा पियोर इस्ट र पीएच स्केलजस्ता वैज्ञानिक सफलताहरुको विकास समावेश छन् ।