काठमाण्डौ । नेपाल राष्ट्र बैंकले श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

कम्पनीको गत असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २.३५ प्रतिशतले हुन आउने १ करोड ९० लाख ३५ हजार रुपैयाँबराबरको बोनस सेयर र १०.६५ प्रतिशतले हुन आउने ८ करोड ६२ लाख ६५ हजार रुपैयाँबराबरको नगद लाभंश वितरणको प्रस्ताव गरेको थियो । 

प्रस्तावित लाभांश कम्पनीले स्वीकृतिका लागि सोही दिन नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।

कम्पनीले राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएको पत्र मंसिर २ गते प्राप्त भएको जनाएको छ ।

राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएपछि कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ ।