-भक्तराज रसाइली 
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आइतबार गिरावट यात्राले निरन्तरता पाएको छ । धितोपत्र कारोबार नहुुने दुुई दिन शुुक्रबार र शनिबार सेयर लगानीकर्ताहरुले सूचना, ज्ञान अनि लगानी निर्णयमा समेत धैर्यता अपनाउने र संयमित हुुने भएकाले नेपाली सेयर बजारमा आइतबार बजार घट्ने गरेको विश्लेषकहरु बताउँछन् । 

तर, यो साताको सुरुवात नै यति खराब हुनु पछाडिको कारण चाहि अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नै रहेको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता दाबी गर्छन् । 

आइतबार ग्राउण्ड जीरोको क्रममा केही ब्रोकरहाउस पुग्दा  अधिकांश सेयर लगानीकर्ताहरु अर्थमन्त्री खतिवडाकै नकारात्मक टिप्पणी गरिरहेका भेटिए । गत साता नेप्से इण्डेक्स ११ सय २० सेरोफेरोमा घुुमेर बन्द हुँदा यो साताको पहिलो दिन आज आइतबार १० अंकले गिरावट आई ११ सय १० अंकमा खुुम्चिन पुुग्यो । विभिन्न ब्रोकरेज हाउसहरुमा भेटिएका लगानीकर्ताहरुले गरेका छलफललाई बिजशालाको नियमित स्तम्भ ग्राउण्ड जीरोमा समाहित गर्न आज हामी पुुतलीसडक न्यूूप्लाजामा रहेका ५ वटा ब्रोकरेज हाउस पुुगेका थियौं ।

सदाझैं बिजशाला टिम साताको पहिलो दिन आज आइतबार ११ बजे स्टक ब्रोकर नम्बर २६ अर्थात् एसियन सेक्युरिटीज प्रालिमा पुुगेका थियौं । त्यस ब्रोकरेज हाउसमा पुुग्दा ५–६ जना लगानीकर्ताहरु मार्केट डिस्प्लेको एक कुुनामा मोबाइल चलाउँदै बसिरहेका देख्यौं । हामी त्यहाँ रहँदा नेप्से इण्डेक्स ११ सय २० मा थियो, तर क्षणभरमै ओरालो यात्रा सुरु भइसकेको थियो । ‘बजार अझैं घट्ने नै भयो अब ।’ एक लगानीकर्ताले भने । 

हाल निष्कासित अक्सनमा सेयर आवेदन गरेका प्रसंगहरु कोट्याइरहेका लगानीकर्ताहरु बजार १ हजार नै आउने भन्दै लख काटिरहेका थिए । ‘अहिलेको अवस्थालाई न्यूूनतम बिन्दू भन्छन्, तर खै बजार घटिनै रहयो।’अर्का लगानीकर्ताले भने । 

बजारको गति नै ठम्याउन नसकिरहेकोमा अन्यौलपूर्ण अवस्थामा देखिएका सेयर लगानीकर्ताहरुको मुहारमा निराशाको कालोबादल मडारिने क्रम जारी नै थियो । नेप्से परिसूचक घटेर सूचीकृत कम्पनीका सेयरमूूल्यसमेत घटिरहेकाले ब्रोकर हाउसमा उत्साह नरहेको प्रष्टै देखिन्थ्यो । 

यसपछि हामी स्टक ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज पुुग्दा समेत नेप्से सूूचकमा गिरावटले निरन्तरता पाइरहेको थियो । त्यहाँ बसेका लगानीकर्ताहरु पनि ‘अब बजार १ हजार नै आउने भयो’ भन्दै गनगनाइरहेका भेटिए । ‘सेयर बजारका नेताहरुलाई समेत सरकारको विरोध गरे सम्पत्ति शुुद्धीकरणको मुुद्धा लगाइदिने धम्कीले समेत पूूँजीबजारको विकास र विस्तारमा सुुस्तता आइरहेको छ।’एक लगानीकर्ताले भने । ‘त्यही भएर नै होला हाम्रा नेताहरु गुुमनाम झैं बने।’–अर्का लगानीकर्ताले थपे ।  

हुुन पनि ११ सयमुन्तिरको यात्रा सुरु गर्न कम्मर कसिसकेको बजारको अवस्थाले संकेत गरिसकेको छ । बजारमा सेयरको अफसिजन र सूूचीकृत कम्पनीका लाभांश समायोजनले समेत इण्डेक्स झर्न मद्धत गरिरहेकै यथार्थ बुझ्ने लगानीकर्ता समेत त्यहाँ भेटिए । 

तर, ब्रोकर हाउसहरु चाहर्दा अधिकांश लगानीकर्ताको एउटै निश्कर्ष थियो, त्यो हो–‘अर्थमन्त्री खतिवडाले नै बजार घटाएका हुुन् ।’ कतिपय लगानीकर्ता भन्दै थिए–‘अब त झन् ३ वर्षसम्म बजार उकालो नै लाग्दैन, अर्थमन्त्रीको रुपमा खतिवडा नै निरन्तर हुुनेछन्।’

हामी स्टक ब्रोकर नम्बर ५९ दिव्या सेक्युरिटीजमा पुुग्दा प्रत्येक रोमा एक÷एक जना लगानीकर्तामात्र मार्केट डिस्प्ले रहेको भित्तातर्फ टोलाइरहेका पायौं । यद्यपि कारोबार कक्षमा भने ४–५ जना लगानीकर्ताहरुले घेरेर बसेका भेट्यौं । ‘बजार जसरी नि झर्ने नै भयो’ भन्दै सबै लगानीकर्ता नेप्से सूूचकाङ्कप्रति रुष्ट बनिरहेका पायौं । आपसमा कुुराकानी गर्न कुुनै समूूह सक्रिय नदेखेपछि हामी स्टक ब्रोकर नम्बर २९ त्रिशूूल सेक्युुरिटीजमा उक्लियौं ।

त्रिशूूल सेक्युुरिटीजभित्र अँध्यारो कोठा थियो । मार्केट डिस्प्लेकै उज्यालोमा बसिरहेका लगानीकर्ताहरुको हल्ला भने निकै ठूलै सुनिन्थ्यो । हामी पछाडि बस्दा छेउमै रहेका एक लगानीकर्ता भने मज्जैले निन्द्रामै मग्न भेट्यौं । बजारको सुुस्त गति र नेप्से इण्डेक्समा आएको गिरावटले लगानीकर्ताहरुमा हाल स्फूर्ति नै हराएको त्यो दृश्यबाट प्रष्टिन्थ्यो । 

सो ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु राजनीति र सेयर बजारका केही किस्साहरुमा गफिरहेका पायौं । ‘बजारमा रहेका टीए(सेयर बजार प्राविधिक विश्लेषक)हरुसमेत बोल्न छाडे नि।’एक लगानीकर्ताले भने । ‘अनि नेताहरु समेत सक्रिय हुुनै छाडे।’–अर्का लगानीकर्ताले बोले । 

बजारको सुुस्ततासँगै लगानीकर्ताहरुको जाँगर र बजारप्रतिको मोह भंग भइरहेको जस्तो महसुस भयो । ‘लु अब सबै जलविद्युुतको सेयरमूूल्य १ सयमुुुनि नै झर्ने भयो।’ बीचमा अर्का लगानीकर्ता बोलेको सुनियो । ‘पहिला पनि बजार बियरिस हुुँदा नेपाल बंगलादेश बैंक, माछापुुछ्रे बैंकका सेयर मूूल्य १ सय मुुनि झरेका थिए।’ अर्का एक लगानीकर्ताले विगत कोट्याए ।

‘अपर(अपर तामाकोशी) पनि तल आयो २ सय २२ मा, अब सबै कम्पनीका सेयरमूूल्यले घटेर रेकर्ड तोड्ने भए।’एक लगानीकर्ताले हाम्रै छेउबाट चिन्ता र चासो राखे । ‘बजारलाई कुुनै पनि किसिमको टेवा नै छैन।’अर्का लगानीकर्ताले निराश मुद्रामा गुुनासो पोखे । ‘आज त झ्याम्मै दोहोरो अंकले बजार झर्ने भयो नि भन्दै एक लगानीकर्ता भित्र छिरे । 

‘यस्तै ताल हो भने बजार १ हजार मुनि आउने निश्चित छ।’ अँध्यारो कुनाबाट अर्को आवाज आयो–‘बजार बढ्ने छाँटकाँट नै छैन, अनि कसरी बजार बढोस् ?’

‘हाम्रो त स्टक एक्सचेञ्ज पनि कोही मान्छेले हत्तपत्त देख्ने ठाउँमा छैन,बाहिर देशमा विभिन्न बैंक वित्तीय संस्था वा कम्पनीहरुका बीचमा हुुने गर्दछ । नेप्से कार्यालय नै टुुकुुचा खोलामा छ अनि कहाँबाट सेयर बजार उकालो लाग्ने र ?’एक लगानीकर्ताकर्ताले ठट्यौली पारामा भने।

दुई बजिसकेको थियो घडीको सुुईमा अनि हामी स्टक ब्रोकर नम्बर ३२ अर्थात प्रिमियर सेक्युरिटीजमा उक्ल्यौं । करिब ३ बज्न लाग्दा अपि हाइड्रोको सेयरमूूल्य १ सय ७ हुुँदा हरियो देखिदाँ त्यहाँ रहेका लगानीकर्ता ‘ओ ओ’ भन्दै आश्चर्य मारिहेका भेटियौं ।

सामान्यतया बजारको उत्तारचढाव  सेयरको माग र आपूर्तिकै कारण निर्धारण हुुने गर्दछ । नेप्से सूूचकांकलाई बेवास्ता गर्दै लगानीकर्ताहरु सकारात्मक बन्नै पर्ने टड्कारो आवश्यकता देखिन्छ । बजारको रौनक बढ्दै जाँदा नेप्से सूूचकांक बढिरहेका बेला मात्र पस्नुुुपर्छ भन्ने आम मानसिकतालाई त्याग्नै पर्दछ । सूूचीकृत कम्पनीका ग्रोथ र उचित प्रतिफल दिनसक्ने कम्पनीहरुको छनौट गरी सेयरमा लगानी गर्नुुपर्ने र त्यसका लागि उपयुक्त अवसर भनेकै बजार घटेको बेला रहेको जानकारको दाबी छ।