काठमाण्डौ । लगानीकर्ताको मनोबल उकास्ने गतिविधिहरुको अभावमा यो साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ ।
यो दिन कारोबार खुल्दा नेप्से परिसूचकमा केही सुधार देखिए पनि अन्तिम समयमा आएर अघिल्लो दिनको तुलनामा ४.६७ अंकले गिरावटसँगै १११२.७९ मा सीमित हुन पुग्यो ।
आजको दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १६६ कम्पनीका १२ लाख ७१ हजार ६ कित्ता सेयरको २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँको कारोबार भयो ।
नेप्सेका १२ वटा उपसमूहमध्ये एउटामा हरियाली छाएपछि बाँकी ११ वटामा भने रातो पोतियो । आजका जीवन बिमा उपसमूहमा मात्र १८.१२ अंकले बढोत्तरी भयो । सबैभन्दा बढी निर्जीवन, उत्पादन तथा प्रशोसधन र व्यापार उपसमूहमा क्रमशः २८.५, २६.८८ र २०.०९ अंकको गिरावट आयो । त्यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, लुघवित्त र म्युचुअल फन्ड उपसमूहमा क्रमशः ४.२४, ८.६६, ७.७२, ५.७६, २.१२, २.६१, ३.२३ र ०.१४ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यस दिन करोडको क्लबमा चारवटा कम्पनीहरुको मात्र कारोबार भयो । सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको ३ करोड ३५ लाख ५७ हजार ६३ रुपैयाँको कारोबार भयो । त्यस्तै एनएमबी बैंक, नबिल बैंक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्रमशः १ करोड ५९ लाख, १ करोड १३ लाख र १ करोड १ लाख रुपैयाँबराबरको कारोबार भयो ।
यसैगरी सानिमा बैंक, एनआईसी एसिया बैंक, स्वरोजगार लघुवित्त, नेपाल बेंक, गरिमा विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकका क्रमशः ९८ लाख २८ हजार, ८० लाख ८४ हजार, ७४ लाख ९८ हजार, ६८ लाख ४७ हजार, ६५ लाख २४ हजार र ५२ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
आजको दिन माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेडका सेयरधनीहरुले बढी कमाए । यो कम्पनीको सेयरमूल्यमा ५.२६ प्रतिशतको बढोत्तरी आएर प्रतिकित्ता रु ८० रुपैयाँ पुग्यो ।
त्यस्तै आजको दिन साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीहरुले बढी गुमाए । यो कम्पनीको सेयरमूल्यमा ५.९३ प्रतिशतको गिरावट आएर प्रतिकित्ता १२५२ रुपैयाँमा झर्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago