काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ । 

एटीएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटीएम सेवाको उद्घाटन गरे । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या १५१ पुगेको छ । 

बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटीएम,१९५ वटा शाखारहित बैंकिङ्ग सेवार विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।