काठमाण्डौ । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच पुस २३ गते परिसंघको सचिवालयमा भेटवार्ता भयो ।
निकोल पोलिटको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–संयुक्त अधिराज्यबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी बिस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताए ।
बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप बिस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको पनि बताए । उत्पादनमूलक क्षेत्र, वित्तिय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेकोतर्फ अध्यक्ष मोरले निकोल पोलिटको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा राजदूत निकोल पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताएका थिए । परिसंघले जारी गरेको विज्ञप्तिअनुसार लगानीको वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत पोलिटले सो क्रममा व्यक्त गरेका थिए ।
भेटवार्तामा परिसंघको अन्तर्राष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न बेलायती लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत पोलिटसमक्ष गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत बेलायती लगानीकर्ताका लागि उपयुक्त समय आएको शाहले उल्लेख गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago