काठमाण्डौ । अमेरिकाको युनाइटेड एयरलायन्सले अमेरिका–चीन हवाईउडान केही दिनका लागि स्थगित गर्ने भएका छन् ।
चीनको वुहान सहरमा प्राणघातक कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिबाट चीन तीनवटा सहरमा यही फेब्रुअरी १ तारिखदेखि ८ तारिखसम्म हवाई सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको युनाइटेड एयरलाइन्सले जनाएको छ । युनाइटेड एयरलाइन्सले अमेरिकाको विभिन्न विमानस्थलबाट चीनको बेइजिङ, हङकङ र सांघाई सहरमा हुने उडान बन्द गर्ने निर्णय गरेको हो ।
युनाइेटड एयरलाइन्सको यो निर्णयबाट अमेरिकाबाट चीन तीन सहरमा हुने दैनिक २४ उडान प्रभावित हुने भएका छन् । जसमा सनफ्रान्सिस्को–हङकङ, नेवार्क–हङकङ, वासिङ्टन, नेवार्क, सिकागोबाट बेइजिङ तथा साफ्रान्सिस्को, नेवार्क र सिकागोबाट सांघाई उडान प्रभावित हुने भएका छन् । ‘हामी नियमित त्यहाँको परिस्थितिबारे बुझिरहनेछौँ र अनुकूल अवस्था सिर्जना भएपछि आवश्यकताअनुसार उडान तालिका बनाउनेछौँ’, युनाइटेड एयरलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युनाइटेड एयरलायन्सले पहिलोपटक हवाई सेवामा यति ठूलो निर्णय लिएको हो । यसको मुख्य कारण कोरोनाभाइरस नै रहेको अमेरिकी अधिकारीहरु बताउँछन् ।
युनाइटेड एयरलायन्सले चिनियाँ सहरहरुमा आफ्नो उडान स्थगित गर्ने निर्णय गरे पनि अमेरिकन एयरलायन्स र डेल्टा एयरलायन्सले भने चीन सहरहरुमा हुने आफ्नो दैनिक उडानमा कुनै परिवर्तन गरेको छैन। – एजेनसीहरु
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago