काठमाण्डौ । सारा विश्व कोरोना भाइरसको त्रासमा बाँचिरहेको बेला अफ्रिकी देश इथियोपियामा भने एउटा खतरनाक र रहस्यमय रोगले जन्म लिएको छ ।
यो रोगको चपेटामा आइसकेपछि नाक र मुुखबाट रगत आउनुुका साथै बिरामीको मुुत्युु नै हुुने गरेको छ ।
यो नयाँ रोग देखिनुुमा त्यहाँका स्थानीयले चीनको तेल ड्रिलीङबाट निक्लीएको टक्सीक फोहरलाई मूख्य कारक मानेका छन् । यो रोग सोमालीको एउटा ग्याँस परियोजना नजिकैको रहेको गाउँमा फैलिरहेको छ ।
त्यहाँका स्थानीयका अनुसार यो रोग लाग्ने बिरामीको सुुरुमा आँखा पहेलो हुुने र ज्वरो आउनुुभन्दा पहिले पूरै शरीर सुुन्नीने र अन्त्यमा मूत्युु नै हुुने गरेको पाइएको छ । यसका साथै यो अज्ञात रोगको अन्य लक्षणमा हत्केला पहेँलो हुुने, भोक नलाग्ने, र निन्द्रा नलाग्ने जस्ता लक्षणहरु पनि देखिएका छन् ।
डेलि मेलले गार्जिएनको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ कि इथियोपियाको राजधानी अदीस अबाबामा रहेका अधिकारीहरुले स्वास्थ्य र वातावरण संकटको सबै आरोपलाई खण्डन गरेका छन् ।
यो नयाँ रोगका बारेमा र यो फैलिनुुको कारणको अझै स्पष्ट भइसकेको छैन । तर अधिकांशले रासायनिक फोहरका कारण यस्तो भएको बताएका छन् । जसले त्यस क्षेत्रको जलआपूर्तिलाई विष जस्तै बनाइदिएको छ ।
सोमालीको स्थानीय सरकारले यस्तो प्रकारको रोग पहिले कहिल्यै नदेखिएको र यसले यस क्षेत्रमा त्रासको अवस्था सिर्जना गरेको जनाएको छ । यसका साथै स्थानिय सरकारले चिनिया कम्पनीले पोलि जीसीएल रसायनको प्रयोग गरिरहेको र यो रसायन मानव स्वास्थ्यका लागि एकदमै हानिकारक रहेको जनाएको छ । एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago