काठमाण्डौ । सरकारले काठमाण्डौका अस्पताल र होटलहरुमा कोरोना भाइरसका संक्रमितको खोजी गर्न र्यापिड सर्च अभियान थाल्ने भएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
उनले कोरोना संक्रमित भएका कोही व्यक्ति कुनै अस्पताल वा होटलमा लुकेर बसेका छन् कि भन्ने विषयमा खोजबिन गर्न यस्तो अभियान संचालन गर्न लागिएको जानकारी दिएका हुन् ।
'यस्तो सर्च अभियानमा सहभागी हुनेको टिम तयार भइसकेको छ ।' डा. श्रेष्ठले भने-'हामी कुनै पनि जोखिम आओस् भन्ने चाहदैनौ ।'
उनका अनुसार सरकारले हवाई यात्राबाट नेपाल प्रवेश गर्नेहरुलाई मात्र कडाई गरिरहेको भए पनि निकट भविष्यमै स्थलमार्ग हुँदै भारत र चीनबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा समेत हेल्थ डेस्क राख्न लागिएको जानकारी दिए । 'कतिपय नाकाहरुमा त हेल्थ डेस्क बसिसकेको छ ।' उनले थपे-'तर अब सर्वसाधारणको बढी आवातजावत हुने कम्तीमा पनि ३७ वटा नाकामा हेल्थ डेस्क राख्दैछौ।'
कोरोनाको संक्रमण हालसम्म नेपाल भित्रिनसकेको उल्लेख गर्दै उनले यदि भित्रियो भने अरु देशभन्दा यहाँको अवस्था भयावह हुनसक्ने दाबी गरे । 'सबै कुरा विदेशबाट आयात गरेर दैनिक चुल्हो बाल्ने हाम्रा लागि संक्रमण फैलिएको अवस्था नाकाबन्दीभन्दा पनि बढी भयावह हुने संभावना देखिन्छ ।' उनले भने-'त्यही भएर यो भाइरस नेपालमा छिर्नै नदिने उद्देश्यले अहिले दैनिकजसो सरकारको बैठक हुने गरेको छ । यसमा नागरिकको सहयोग भए हाम्रो सामूहिक प्रयासबाट यसलाई रोक्न पनि सक्छौ ।'
सोही कार्यक्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलस्थित हवाई उड्डयन कार्यालयका निर्देशक देवेन्द्रलाल कर्णले कोरोनाबाट संक्रमण भएको एउटा पनि घटना नेपालमा हालसम्म नभएको दाबी गरे । उनले एयरपोर्टमा मात्र नभई नेपालबाट विदेशका लागि उडान भर्ने जहाजहरुले जहाजभित्रै समेत शंकास्पद बिरामीको उपचार र रेखदेखको भरपर्दो व्यवस्था मिलाएका बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago