काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले यतिखेर ११५ देश प्रभावित छन्। यो भाइरसको संक्रमणबाट ४ हजारभन्दा मानिसको ज्यान गइसकेको छ भने डेढ लाखभन्दा बढी संक्रमित छन्।
विश्वमै चुनौतीका रुपमा देखिएको यो भाइरस नियन्त्रण गर्न लन्डनको ह्वाइटच्यापलस्थित द क्विन मेरी बायो इन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिकहरुले भ्याक्सिन बनाउन सुरु गरिसकेका छन्। यसका साथै यो भ्याक्सिनको परीक्षणका लागि वैज्ञानिकहरुले २४ जना मानिसको खाजी गरिरहेका छन्।
ती मानिस यो भ्याक्सिन परीक्षण हुनेछ। साथै उनीहरुले आफूल यो भ्याक्सिन परीक्षण गराएबापत मोटो रकम पुरस्कारबापत पाउनेछन्।
वैज्ञानिकहरुले जो यो भ्याक्सिन आफूमा परीक्षण गर्न तयार हुन्छन् उनीहरुलाई ३५ सय पाउन्ड अर्थात झन्डै ५ लाख ४ हजार रुपैयाँ उपलब्ध गराइने जनाएका छन्।
भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिकहरुले यो भ्याक्सिनको परीक्षण सफल भएमा कोरोनाभाइरस निर्मूल गर्नका साथै यसअघि देखिएको सार्स रोगको उपचारमा पनि फलदायी साबित हुने दाबी गरेका छन्।
यो भ्याक्सिन ती २४ जनामा प्रयोग गर्नुअघि वैज्ञानिकहरुले उनीहरुको शरीरमा कोरोनाभाइरसको कमजोर स्ट्रेन पठाउनेछन्। अनि त्यसपछि मात्र उनीहरुमा यो भ्याक्सिन परीक्षण गरिने वैज्ञानिकहरुले जनाएका छन्।
वैज्ञानिकहरुले यो भ्याक्सिन परीक्षण आवश्यक २४ जना मानिसको खोजतलास सुरु गरिसकेका छन् तर हालसम्म कतिजना यो परीक्षणका लागि सहमत भइसके भन्ने कुरा भने सार्वजनिक भइसकेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago