काठमाण्डौ । यतिबेला कोरोनाले गर्दा विश्वको अवस्था प्रतिकूल बनिरहेको छ। विश्वको अवस्थाजस्तै चीन र अमेरिकाको सम्बन्ध पनि यही भाइरसका कारण निकै बिग्रिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्बोधन र भाषणमा कोरोनालाई ‘चाइनिज’ भाइरस भनेर उल्लेख गरिरहेका छन्। चीनबाट यो भाइरस सुुरुआत भएकाले आफूले यसो भनिरहेको उनको तर्क छ।

ट्रम्पका अलावा उनका सेक्रेटरी माइक पोम्पिओले पनि कोरोनाभाइरसलाई ‘वुुहान’ भाइरस भनिरहेका छन्। अमेरिकाका उच्च व्यक्तित्वबाटै यस्तो अभिव्यक्ति आउन थालेपछि चीनलाई ठेस पुुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। 

अमेरिकी राष्ट्रपति र उनका सेक्रेटरीले चीनले कोरोना नियन्त्रणमा प्रभावकारी भूूमिका नखेलेकाले भाइरस विश्वफर फैलिएको आरोप लगाइरहेका छन्। तर चिनियाँ प्रवक्ताले भने आरोपको खण्डन गर्दै यसमा कुुनै पनि पारदर्शिता नभएको बताएका छन्। 

उता चीनका सामाजिक सञ्जालमा यो भाइरस अमेरिकी सेनाले फैलाएको भन्ने चर्चा चलिरहेको छ। तर वैज्ञानिकहरुले यो भाइरस प्राकृतिक रुपबाटै फैलिएको र यो आणविक हतियार भएको कुुनै पनि पुुष्टि नभेटिएको बताएका छन्।

अहिले चीन र अमेरिकाबीच चलिरहेको वाकयुुद्धले यो विषयमा यी दुुईबीच अरु पनि केही मुद्दा रहेको संकेत गरेको छ। 

यही महिनाको सुुरुआततिर अमेरिकाले जब युुरोपियन युुनियनका देशहरुलाई आफ्नो सीमाभित्र प्रवेशमा रोक लगायो तब चीनले कोरोनाले आक्रान्त बनिरहेको इटलीमा चिकित्सकसहितको स्वास्थ्य टोली पठाउने उद्घोष गर्याे। इटलीसँगै चीनले इरान र सर्बियामा समेत आफ्नो स्वास्थ्य टोली पठायो। 

अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै चीनले स्वास्थ्य टोली पठाउनुुलाई प्रतिकवादका रुपमा लिइएको छ। यसले यी दुुई देशबीच पर्दापछाडि भइरहेको द्वन्द्वलाई दर्शाएको छ। महामारीको यो घडीमा चीन ग्लोबल खेलाडी र नेतृत्वकर्ताका रुपमा उदाउन र उभिन चाहेको छ। 

वास्तवमा यो द्वन्द्वमा अमेरिकाले आफ्नो प्रभाव गुुमाइरहेको र चीनले प्रभाव विस्तार गरिरहेको अवस्था हो। चीनले इटलीमा स्वास्थ्य टोली पठाएपछि अमेरिकाले पनि एउटा सानो एअर फोर्ससहितको मेडिकल टोली पठाएको छ। 

संकटको यो घडीमा विश्वका देशहरुबीच रहेको प्रशासनिक र राजनीतिक द्वन्द्व र तनाव जाच्ने बेला हो। यसका साथै विश्वका नेताहरुको नेतृत्व क्षमता पनि जाँचिने उत्तम समय हो। महामारीको यो घडीमा विश्वका नेताहरुले यो परिस्थितिलाई कसरी सम्बोधन गर्छन् र उपलब्ध स्रोतसाधनबाट कसरी यसको नियन्त्रण गर्छन् भन्ने कुुराले उनीहरुको मूल्यांकन हुुने छ। 

कोरोनाको महामारी यस्तो बेला आयो जुुन बेला चीन र अमेरिकाबीचको सम्बन्ध नाजुुक अवस्थामा थियो। विश्वमा कोरोना फैलिएपछि झन् यी दुुई देशबीच थप तिक्तता आएको छ। दुुवै देशले एकअर्कालाई भाइरस फैलनुुमा दोषी ठहराइरहेका छन्। महामारीको बेला दुुई शक्ति राष्ट्र मिलेर एकजुुट भई मानवजातिको रक्षा गर्नुुको साटो एकअर्कालाई दोषारोपण गर्नुु विश्व जगतका लागि दुुर्भाग्य हो। 

कोरोनामाथि विजय हासिल गरिसकेपछि चीनले आफ्नो अर्थतन्त्र उकास्न चाल्ने कदमले अस्तव्यस्त बनेको विश्व अर्थतन्त्रलाई पुुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेल्ने निश्चिित प्राय छ। तर त्यतिन्जेल अहिले कोरोना नियन्त्रणमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको छ। यसका लागि चीन र विश्वका देशहरुबीच मेडिकल डाटा र अनुुभवहरु आदानप्रदान गरिनुुपर्छ। मेडिकल सामग्री, मास्क, बचाउका सामग्री र बिरामीका लागि चाहिने सामग्रीका लागि चीन प्रमुुख उत्पादक हो। तर ट्रम्प प्रशासनले यो महामारीलाई गम्भीर रुपमा लिन सकेको छैन। 

विश्वलाई यो महामारीबाट बचाउन एक सबल नेत्तृत्वकर्ताको आवश्यकता पर्दा अमेरिका भने आफ्नो सर्वाेच्चता र अमेरिका फस्ट भन्ने पुुरानो मानसिकतामै अल्झिरहेको छ। – एजेन्सी