काठमाण्डौ। यतिबेला कोरोनाभाइरस तीव्रगतिमा विश्वमा फैलिरहेको छ। यसबाट मृत्युु हुुने र संक्रमित हुुनेको संख्या लगातार बढिरहेको छ। तर यो भाइरसलाई मार्ने र यसबाट बचाउने औषधि तथा भ्याक्सिन अहिलेसम्म बन्न सकेको छैन। 

विश्वभरका वैज्ञानिक र अनुुसन्धानकर्ताहरु यसको उपचारको खोजमा लागिरहेका छन्। यस्तोमा हामी जीवन बचाउने औषधि तथा भ्यासिनको खोजबाट कति टाढा छौँ त ? 

कोरोनाभाइरसविरुद्धको भ्याक्सिन कहिलेसम्म आउँछ त ?

कोरोनाविरुद्धको भ्याक्सिन बनाउन विश्वका वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन्। अहिले कोरोनाबाट बचाउने २० वटा भ्याक्सिनको विकास भइरहेको छ। जनावरमा कुुनै पनि परीक्षण नगरीकन एउटा भ्याक्सिनको मानिसमा परीक्षण गरिएको छ। 

अन्य भ्याक्सिनको पनि वैज्ञानिकहरु जनावरमा परीक्षण गर्ने स्टेजमा पुुगेका छन्। जनावरमा परीक्षणपछि यसै वर्ष मानिसमा पनि परीक्षण गरिनेछ। यदि वैज्ञानिकहरु यसै वर्ष कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफल भए पनि ठूलो मात्रामा भ्याक्सिनको उत्पादन गर्न सक्षमता हासिल गर्नुुपर्ने देखिन्छ। यसको मतलब यर्थातमा यसको भ्याक्सिन अर्काे वर्षको मध्यसम्म पूर्णरुपमा तयार नहुुन सक्छ। 

यो सबै अभुुतपुुर्व टाइमस्केलमा भइरहेको छ र भ्याक्सिनहरुमा नयाँ प्रयोग भइरहेको छ। त्यसैले सबै कुरा बिनाअवरोध हुुने कुुनै सुनिश्चिता देखिँदैन। 

स्मरणीय कुरा के भने अहिलेसम्म चारवटा कोरोनाभाइरसले मानिस शरीरलाई संक्रमित गरिसकेका छन्। यी सबै भाइरसको कुुनै पनि भ्याक्सिन विकास भएको छैन। 

के भ्याक्सिनले सबै उमेरका मानिसलाई बचाउने छ ? 

यो भ्याक्सिनले निश्चित रुपमा वृद्धवृद्धामा कम असर देखाउनेछ। यस्तो भ्याक्सिन आफ्नै कारणले नभई ढल्किँदो र कमजोर प्रतिरक्षा प्रणाली कारण हुुने गर्दछ। यसलाई प्रत्येक वर्ष फ्लुु ज्याबका साथमा देख्न सकिन्छ। 

के भ्याक्सिनको कुनै साइट इफेक्ट हुुनेछन् ?

सबै औषधिहरुको साइट इफेक्ट हुुने गर्दछन्। जब कि सामान्य पेनकिलरको पनि साइट इफेक्ट हुुन्छ। तर कुुनै पनि स्वास्थ्य परीक्षण नगरीकनै कस्ता साइट इफेक्ट हुुन्छन् भनेर भन्न सकिँदैन। यो यस्तो पक्ष हो जसलाई नियामकहरु नजिकबाट नियाल्न चाहन्छन्। 

कसको पहुुँचमा हुुनेछ भ्याक्सिन ?

यदि भ्याक्सिन विकसित भए सुुरुआतमा यसको आपूर्ति सीमित हुुनेछ। प्राथमिकताका आधारमा यसको आपूर्ति हुुनेछ। 

कोभिड १९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइनेछ। कोरोनाले वृद्धवृद्धालाई बढी आक्रमण गर्ने र यो उनीहरुका लागि खतरनाक हुुने भएकाले उनीहरु पनि प्राथमिकतामा पर्नेछन्। यसका साथै वृद्धवृद्धाको स्याहार सुुसारमा संलग्नलाई पनि प्राथमिकतामा राख्ने सम्भावना देखिन्छ। 

औषधिका बारे ?

चिकित्सकहरु मौजुुदा एन्टी भाइरल औषधिलाई कोरोनाविरुद्धको उपचारमा काम गर्छ कि भनेर जाँच गरिरहेका छन्। यसो गर्दा सुुरक्षित हुुने हुुँदा यो अनुुसन्धान र प्रयोगले तीव्रता पाएको छ। 

कोरोनाबाट प्रभावित देशहरुमा यसको परीक्षण भइरहेको छ। तर विश्व स्वास्थ्य संगठनका चिकित्सक डा ब्रुुस एलवार्डले यतिबेला रेमडेसिभरमात्रै प्रभावकारी हुुने बताएका थिए। 

यो औषधि इबोलाको उपचारका लागि विकसित भएको थियो। तर यसले अन्य धेरै भाइरसलाई समेत मार्ने क्षमता देखाएको छ। एचआएभी औषधिको एक जोडी लोपिनाभिर र रितोनाभिएर प्रभावकारी हुुने आशा लिइएको थियो तर परीक्षण डाटा निराशाजनक आयो। यसले कोरोना संक्रमितको रिकभरी, मृत्युु दर घटाउन र कोरोनाभाइरसको संक्रमण घटाउनमा कुुनै सुुधार देखाएन। 

वैज्ञानिकहरुले एन्टी मलेरियल पुुरानो र सस्तो औषधि क्लोरोकाइनमा पनि चासो देखाएका छन्। प्रयोगशाला परीक्षणमा यसले भाइरस मार्न सक्ने देखाएको छ तर यो औषधि संक्रमितमा प्रयोग हुुँदा कस्तो परिणामहरु आउँछ भनेर वैज्ञानिकहरु पर्खिरहेका छन्। अमेरिकामा र अन्य देशमा यसको परीक्षणहरु भइरहेको छ। – एजेन्सी